aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतका दुबै योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतका दुबै योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका दुई योजना लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी भ्यालु फण्ड–१ को प्रतिइकाई खुद मूल्य बढेको छ । पुस मसान्तको तुलनामा दुबै फण्डको प्रतिइकाई खुद मूल्य माघ महिनामा बढेको हो ।

लक्ष्मी भ्यालु फण्ड–१ को पुस महिनामा रू. १० दशमलव शून्य ७ रहेको प्रतिइकाई खुद मूल्य माघ महिनामा रू. १० दशमलव १५ पुगेको छ । त्यस्तै लक्ष्मी लक्ष्मी इक्वीटी फण्डको पुस महिनामा रू. ९ दशमलव २९ रहेको प्रति इकाई खुद मूल्य माघ महिनामा रू. ९ दशमलव ८२ पुगेको छ ।

दुवै योजना हालसम्म घाटामै सञ्चालन भएका छन् । माघ महिनासम्म लक्ष्मी इक्वीटी फण्ड रू. १० करोड ९८ लाख र लक्ष्मी भ्यालु फण्ड–१ रू. ८ करोड ३५ लाख घाटामा रहेका छन् । लक्ष्मी भ्यालु फण्ड–१ ले माघ महिनासम्म रू. १ करोड २७ लाख ६६ हजार कुल लगानी गरेकोमा यो मूल्य रू. १ करोड २३ लाख १९ हजार छ ।

लगानीभन्दा बजारमूल्य कम भएको देखिन्छ । यो रकम पुस महिनामा रू. ६ करोड ७३ लाख ५३ हजार थियो । पुस महिनाको तुलनामा माघ महिनामा लगानीको मूल्यमा कमि आएको हो ।

त्यस्तै लक्ष्मी इक्वीटी फण्डले धितोपत्र दलाल कमिशन सहित रू. ९१ करोड ४३ लाख लगानी गरेकोमा यो रकम रू. ७८ करोड ७९ लाख ६८ हजार कायम भएको छ ।

लगानीको मूल्य पुस मसान्तमा रू. ८१ करोड ५२ लाख ३३ हजार कायम रहेको थियो । पुस महिनाको तुलनामा माघ महिनामा यस फण्डको धितोपत्रको लगानीमूल्यमा कमि आएको देखिन्छ । लक्ष्मी इक्वीटी फण्डको बैंक मुद्दती निक्षेपमा रू. ८ करोड ५० लाख छ भने लक्ष्मी भ्यालु फण्ड–१ को रू. ४१ करोड ५३ लाख छ ।
 

प्रतिक्रिया दिनुहोस