aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सनराइज फर्स्टको नाफा ३ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
सनराइज फर्स्टको नाफा ३ करोडभन्दा बढी

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फष्ट म्युचुअल फण्डको माघ महीनासम्मको नाफा रू. ३ करोड ५९ लाखभन्दा बढी रहेको छ । यस फण्डले पुस मसान्तसम्म रू. १ करोड ७७ लाखभन्दा बढी नाफा कमाएको थियो । मासिक रुपमा फण्डको नाफामा वृद्धि देखिएको छ ।

विशेष गरी इकाई विक्रीवाट संकलित पूँजी धितोपत्र बजार र बैंक मुद्दति निक्षेपमा लगानी गरी आय आर्जन गर्ने यस फण्डले माघ महीनामा रू. ४ करोड ६६ लाखभन्दा बढी आम्दानी गरेको छ । यो आम्दानी पुस मसान्तमा रू. २ करोड ७१ लाखभन्दा बढी थियो । माघ महीनासम्म फण्डले धितोपत्र र बैंक निक्षेपमा ब्रोकर कमिशन सहितको लगानीको परल मूल्य रू. ३७ करोड ३७ लाख ६८ हजार रहेको उल्लेख गरेको छ । 

यो लगानीको बजार मूल्य भने माघ महीनामा रू. ४० करोड २२ लाखभन्दा बढी छ । पुस महीनाको तुलनामा धितोपत्र तथा अन्य लगानीको बजारमूल्य माघ महीनामा उल्लेख्य मात्रामा बढेको हो । पुस महीनासम्म यो मूल्य रू. २८ करोड ३४ लाख ८५ हजार थियो ।

पुस मसान्तसम्म रू. १० दशमलव २१ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य माघ महीनामा रू. १० दशमलव ४२ कायम भएको छ । यस अवधिसम्म फण्डले सूचीकृत कम्पनीको ६ लाख ३६ हजार ७०६ कित्ता शेयरमा रू. २२ करोड ८१ लाख बराबरको लगानी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस