aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एभरेष्ट बैंकका ग्राहकहरुलाई काठमाडौं र नेपालगञ्जको सोल्टी क्राउन प्लाजामा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
एभरेष्ट बैंकका ग्राहकहरुलाई काठमाडौं र नेपालगञ्जको सोल्टी क्राउन प्लाजामा १० प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकहरुलाई काठमाडौंको सोल्टी क्राउन प्लाजा र नेपालगञ्जको सोल्टी वेस्टइन्ड प्रिमियरमा १० प्रतिशत छुट पाउने भएका छन् । एभरेष्ट बैंक लिमिटेडल र सोल्टी इन्टरप्राइजेज् प्रा.लि.बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको हो । 

काठमाडौंको सोल्टी क्राउन प्लाजा प्रदेश नं.३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँच तारे होटल हो जुन यस क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रगामीका रुपमा प्रख्यात छन् ।

एम्ओयूमा हस्ताक्षर भएअनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १०% छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव “सभिर्स वीथ स्माइल” नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

एभरेष्ट बैंकको ग्राहक आधार संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रकै उच्च हो । एभरेष्ट बैंक, हालै द्यबेष्ट म्यानेज कर्मसियल बैंक २०१९ बाट सम्मानित हुनुका साथैै क्यामेल रेट्स अन्तर्गत बेष्ट रेट कर्मसियल र्बैक बन्न सफल भएको छ । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम बाट  मजबुत सेवा प्रदान गदै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस