aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्राइम र कैलाश विकास बैंंकको एकीकृत कारोबार फागुन २८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
प्राइम र कैलाश विकास बैंंकको एकीकृत कारोबार फागुन २८ गते

काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंंकको एकीकृत कारोबार यहि फागुन २८ गतेबाट हुने भएको छ । बैंकले दिएको जानकारी अनुसार मर्जको सम्पूर्ण तयारी सकिएकाले फागुनको २८ गते एकिकृत कारोबार गर्ने तयारी गरेको जानकारी दिएको छ ।  

कैलाश विकास बैंकले पुस २५ गते आफ्नो नाममा अन्तिम साधारणसभा गर्दै प्राइम बैंकसँग मर्जको प्रस्ताव पारित गरिसकेको छ । उक्त साधारणसभाले १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव समेत पास गरिसकेको छ ।  

बोनस शेयरपछि कैलाश विकास बैंकको पुँजी २ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ ।  कैलाश विकास बैंक मर्जपछि प्राइमको पुँजी १३ अर्ब ५५ करोडभन्दा बढी हुने छ । 

प्रतिक्रिया दिनुहोस