aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मितेरी डेभलपमेण्टले बोनस शेयर र नगद लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ फागुन २०७६
मितेरी डेभलपमेण्टले बोनस शेयर र नगद लाभांश वितरण गर्ने

काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकको १४औं वार्षिक साधारण सभा चैत ८ मा हुने भएको छ । 

विहान ९ बजे गोर्खा किचन धरान ८ सुनसरीमा सभा बोलाइएको हो ।  कम्पनीको फागुन १५ गते बसेको सञ्चाकलक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाका लागि १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव तय गरिएको छ । 

साथै, यस बैंक र अन्य  कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अबलम्बन गरी कार्य अघि बढाउन सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने रहेको छ । 

साधारण सभा प्रयोजनको लागि फागुन २७ गते देखि चैत ८ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछन् । 

यस आधारमा फागुन २२ गतेसम्म कायम शेयरधनीहरु मत्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । फागुन २७ अघि पछिल्लो कारोबार फागुन २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस