aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

२८ वाणिज्य बैंकहरूको वित्तीय विवरण यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० चैत्र २०७५
२८ वाणिज्य बैंकहरूको वित्तीय विवरण यस्तो छ

 वटा वाणिज्य बैंकमा आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा २४ वटा कम्पनीहरु वित्तीय विवरण प्रकाशित गरिसकेको छ भने बाँकी ४ वटा कम्पनीले प्रकाशन गर्ने क्रममा रहेको छ ।

खुद मुनाफा तथा फ्रि पोफिट
एनएफआरएस रिपोट अनुसार दोस्रो त्रैमासमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । जसको खुद मुनाफा २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३५ दशमलव ०९ प्रतिशतले वृद्धि गरेको छ ।

अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ कमाएको थियो । जसले े रेगुलेटरी एड्जस्मेन्ट वापत २३ करोड १७ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्ट पछिको नाफा (फ्रि प्रोफिट) घटेर २ अर्ब १७ करोड ८१ लाख रुपैयाँ विवरण योग्य नाफा आर्जन गरेको छ ।

दोस्रो स्थानमा नबिल बैंक रहेको छ । जसको मुनाफा २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । जसले रेगुलेटरी एड्जस्मेन्ट वापत १३ करोड १८ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्ट पछिको नाफा (फ्रि प्रोफिट) घटेर २ अर्ब ४ करोड ५० लाख रुपैयाँ विवरण योग्य नाफा आर्जन गरेको छ ।

सबैभन्दा कम नाफा सेञ्चुरी बैंकले ५१ करोड ८१ लाख रुपैयाँ कमाएको छ, गत वर्षको तुलनाभन्दा ४१ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । जसले रेगुलेटरी एड्जस्मेन्ट वापत ७ करोड ४६ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको रेगुलेटरी एड्जस्मेन्ट पछिको नाफा (फ्रि प्रोफिट) घटेर ४४ करोड ३५ लाख रुपैयाँ वितरण योग्य नाफा रहेको छ । यो खुद मुनाफाभन्दा लाभांश क्षमता घटेको हो ।

१६ वटा कम्पनीमा २ वटा कम्पनी प्रभु बैंक र माछापुच्छे बैंकले खुद मुनाफाभन्दा लाभांश क्षमता बढाएको छ । राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) रकम बैंकले केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकमा व्यवस्था गरेर शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

चुक्ता पुँजी तथा प्रति शेयर आम्दानी
२४ वटा कम्पनीमा ८ अर्ब रुपैयाँ चुक्ता पुँजी नपुर्याउने कुमारी बैंक र एनसिसि बैंक मात्र रहेको छ । जसको चुक्ता पुँजी ७ अर्ब १६ करोड रुपैयाँ र ७ अर्ब १ करोड रुपैयाँ मात्र रहेको छ । कुमारी बैंकले हालै मात्र आव २०७४र७५को मुनाफाबाट ८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस र अघिल्लो आव २०७३र७४ मा १२ दशमलव ७५ प्रतिशत बोनस शेयर बाडेको छ । यस अनुसार बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्नेछ । त्यस्तै एनसिसि बैंकको अझै ८ अर्ब रुपैयाँ पुर्याउन ९९ करोड रुपैयाँ थप्नु पर्ने भएको छ ।

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल साधारण शेयरले भाग गर्दा साधारण शेयरधनीले प्रतिकित्ता शेयर बराबर कति कमाइ गरे भन्ने कुरा प्रतिशेयर आम्दानीले जनाउँछ । कुनै पनि कम्पनीको प्रतिशेयर आम्दानी उच्च भएको खण्डमा सो कम्पनी सबल भन्ने जनाउँछ । २४ वटा कम्पनीमा प्रतिशेयर आम्दानी सबैभन्दा बढी ५४ दशमलव २८ रुपैयाँ नबिल बैंकको रहेको छ । सबैभन्दा कम एभरेष्ट बैंकको १२ दशमलव ५७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस