aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चेक ‘बाउन्स’ केसमा खुस्बु ओलीलाई दुई वर्ष कैद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ फागुन २०७६
चेक ‘बाउन्स’ केसमा खुस्बु ओलीलाई दुई वर्ष कैद

काठमाडौं । घर जग्गा खरिद विक्रीका क्रममा मोडल तथा अभिनेत्री खुस्बु ओलीले दिएको चेक बाउन्स भएपछि दुईवर्ष जेल बस्न पर्ने भएको छ ।  काठमाडौं जिल्ला अदालतले लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश कृष्ण भट्टराईको इजलासले ओलीलाई दोषी देखाउदै दुई वर्ष जेल सजायको फैसला गरेको हो ।

ओलीले गोपाल कटुवालसँग दुई वर्षअघि सप्तरीको राजविराज–८ को घरजग्गा खरिदका लागि भन्दै ३६ लाख रुपैयाँ ऋण लिएको अदालतमा दायर गरिएको मुद्दामा उल्लेख छ । ओलीले उक्त ऋण चुक्ता गर्न कुमारी बैंक न्यूरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएकी थिइन तर उक्त चेक ‘बाउन्स’ भएपछि ओली फन्दामा परेकी छिन । 

गत वर्ष उनले काठमाडौँ जिल्ला अदालतमा खुस्बुविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए । गत जेठमा अदालतले खुस्बुलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाका अतिरिक्त चेक काटेको मितिदेखिको साँवा, ब्याजसमेत तिर्नुपर्ने फैसला गरेको थियो । खुश्बु ओली प्रहरीको इन्काउन्टरमा मारिएका काठमाडौंका ‘डन’ दिनेश अधिकारी ‘चरी’की प्रेमिका हुन ।
 

प्रतिक्रिया दिनुहोस