aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सबैभन्दा धेरै व्याजदर भएको ऋणपत्र फागुन २८ गतेदेखि आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६
सबैभन्दा धेरै व्याजदर भएको ऋणपत्र फागुन २८ गतेदेखि आउँदै

काठमाडौं । सबैभन्दा धेरै व्याजदर भएको २५ करोड बराबरको ऋणपत्र फागुन २८ गतेदेखि बजारमा ल्याउने भएको छ । 

गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि रू. २५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । हालसम्म ऋणपत्रमा सबैभन्दा बढी व्याजदर निर्धारण गरेको यस कम्पनीले १२ प्रतिशत ब्याजदरमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । 

जसमध्ये रू. १५ करोड बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी रू. १ करोड बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।

२०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ । ऋणपत्रमा छिटोमा चैत २ गते तथा ढिलोमा चैत १२ गतेसम्म आबेदन दिन सकिनेछ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले खरिद आवेदन दिदाँ सि–आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सक्नेछन् । यस ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल डबल बि ’ रेटिङ प्रदान गरेको छ । कम्पनीले धितोपत्र बोर्डसँग फागुन ६ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । 


 

प्रतिक्रिया दिनुहोस