aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनएमबि लघुवित्तको हकप्रद शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६
एनएमबि लघुवित्तको हकप्रद शेयर सूचीकृत

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

सूचीकृत पश्चात आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

कम्पनीको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले १५० प्रतिशत हकप्रद शेयर गत कात्तिक २४ देखि मंसिर २९ गतेसम्म विक्री गरेको थियो । 

हकप्रद पश्चात कम्पनीको शेयरपूँजी रू. ४० करोड ५० लाखभन्दा बढी पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस