aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

तीन सय १३ करोडको ट्रेजरी बिल सोमबार बोलकबोल हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६
तीन सय १३ करोडको ट्रेजरी बिल सोमबार बोलकबोल हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. ३ अर्ब १३ करोड बराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंककले ९१ दिनका लागि यतिका मात्रामा ट्रेजरी बिल ल्याउन लागेको छ । राष्ट्र बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

भोली सोमबार ३ बजे बोलकोबल भएर मंगलबार ट्रेजरी बिल जारी (इस्यु) हुने बताइएको छ । गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ । सरकार वा राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ ।

यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ । यद्यपि, नेपालमा २८ दिने ट्रेजरी बिल निष्काशन हुने गरेको छैन । ट्रेजरी बिल कुनै व्यक्ति वा वित्तिय संस्थाले बोलकबोल गरेर किन्न सक्छन् । उक्त बोलकबोल बहुबोल मूल्य विधि मार्फत गरिन्छ ।

साथै, ट्रेजरी बिलमा ब्याजदर भन्दा पनि सट्टा छुटदर माथि बोलकबोल हुन्छ । कुनै व्यक्ति वा वित्तिय संस्थाले सरकारलाई रू. १ करोडको ट्रेजरी बिल किन्दा छुट सहित ९५ लाख दिन सक्छन् । तर, पछि उनीहरुले अवधी सकिएपछि एक करोड रुपैयाँ नै पाउछन् ।

प्रतिक्रिया दिनुहोस