
काठमाडौं । सिभिल बैंकले काठमाण्डौ बाङ्गेमुढामा नयाँ शाखा संचालनमा ल्याएको छ ।आइतबार कार्यक्रमकाबीच सिभिल बैंकका अध्यक्ष ईच्छा राज तामाङ्ग र काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल्काजी शाक्यले संयुक्तरुपमा नयाँ शाखको उद्घाटन गरेका थिए ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालय लाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग समेत गरेको थियो । सो सहयोग रकम सिभिल बैंकका अध्यक्ष तामाङ्गले प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरेका थिए ।
सिभिल बैंकको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव ५३ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेको र यस बैंकको नेपालभर कुल शाखा संख्या १११ पुगेकोे पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस