aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६
बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो कार्ड बाहक ग्राहक बिओके भिसा नगद फिर्ता योजना  सार्वजनिक गरेको छ । कार्ड बाहक ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पिओएस तथा इकमर्श कारोबार गर्दा  ५०० नगद फिर्ता पाउनु हुनेछ । 

जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पिओएस कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इकमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनुहुने बैंकले जानकारी गराएको बैंकले जनाएको छ ।

 उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस