काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्टको संस्थापक शेयर फागुन १९ गतेदेखि लिलामीमा विक्री हुने भएको छ ।
बैंकले १ लाख ६६ हजार ३२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीद इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ११ दिनभित्र बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकका कर्पोरेट तथा शाखा कार्यालयहरुमा गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लिलामी शेयरमा आवेदन दिनको लागि फागुन १९ गतेदेखि २९ गतेसम्म अवधि तोकिएको छ ।
शेयरको न्यूनतम मूल्य रू. २००० तोकिएको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस