aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ग्लोबल आइएमई बैंकको टपअप मुद्दती निक्षेप योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
ग्लोबल आइएमई बैंकको टपअप मुद्दती निक्षेप योजना


काठमाडौं । ग्लोबल आइएमई बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिने बैंकले जनाएको छ । 

जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।
  
ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । बैंकले हाल देशभर २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ । 

बैंकले वित्तीय सेवाको पहँुच नपुगेका देशका विभिन्न सुगम तथा दुर्गम स्थानहरुमा आफ्ना शाखा संजाल विस्तार गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेपालको बैकिङ्ग क्षेत्रमा एक उत्कृष्ट बैंक हुने लक्ष्य राखेको छ ।
 

प्रतिक्रिया दिनुहोस