
काठमाडौं । नबिल बैंकले २० लाख कित्ता ऋणपत्र चैत २ गतेदेखि विक्री खुला गर्ने भएको छ ।
बैंकले सात वर्षे अवधिको १० वर्षे व्याजदरको उक्त ऋणपत्र छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गतेसम्म विक्री खुला गर्ने भएको हो । कुल कित्तामध्य १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने ८ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याईएको मध्य ५ प्रतिशतका दरले हुन आउने ४० हजार कित्ता भने सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको बैंकले जानकारी दिएको छ ।
ऋणपत्रमा लगानी गरे वापतको व्याज रकम भने अर्ध वार्षिक रुपमा भुक्तानी गरिनेछ । यस बैंकको अधिकृत पूँजी रू. १० अर्ब रहेको छ । हाल बैंकले रू. ९ अर्ब एक करोड १८ लाख ४५ हजार कायम गरिसकेको छ ।
प्रतिऋणपत्र रू. १००० तोकिएको छ । ऋणपत्र खरिद गर्न चाहनेहरुले विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड , नबिल बैंक र आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था मार्फत आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस