aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

किसान माइक्रोफाइनान्सले विशेष साधारण सभा बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
किसान माइक्रोफाइनान्सले विशेष साधारण सभा बोलायो

काठमाडौं । किसान माइक्रोफाइनान्सले विशेष साधारण सभा बोलाएको छ । 

मर्जर सम्बन्धी प्रस्तामा छलफल गर्न कम्पनीले चैत ६ गत विशेष सभा बोलाएको हो । 

कैलालीमा हुने सभाले एनआरएन लघुवित्तले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने सम्बन्धमा गरेको समझदारी पत्रलाई अनुमोदन गर्ने , शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने र गाभ्ने गाभिने प्रकृया पुरा भएपश्चात रहने संस्थाको नाम , ठेगाना, कार्यक्षेत्र र संचालक सम्बन्धमा निर्णय गर्नेछ । 

साथै, समझदारी पत्रमा उल्लेख भए बमोजिम जेष्ठ संस्थाको रुपमा रहेको किसान माइक्रोफाइनान्सको स्थापना वर्ष कायम गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
 

प्रतिक्रिया दिनुहोस