aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त

काठमाडौं ।युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज  खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले डा. खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि दुबै मन्त्रालय सम्हाल्ने गरी नियुक्त गरेका हुन् । ।

राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेकी थिइन् ।

नेकपाभित्र देखिएको संकटको गाँठो फुकाउन संविधानमा रहेको  संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि मन्त्री नियुक्त गर्न पाउने सुविधा प्रयोग गरि खतिवडालाई पुन नियुक्त गरिएको हो । अब युवराज खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री नै रहने पक्का–पक्की भएको छ ।

बास्कोटाको बाहिर्गमन हुनु नै अर्थमन्त्री डा. खतिवडाको निरन्तरता ! 

प्रतिक्रिया दिनुहोस