aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंक अफ काठमाण्डूका ग्राहकलाई कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
बैंक अफ काठमाण्डूका ग्राहकलाई कस्मेटिक सर्जरीमा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरी, अनामनगरमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहक महानुभावहरुलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

 उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरेका थिए । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस