aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एक्सेल डेमलपमेण्ट बैंकको लाभांश स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ फागुन २०७६
एक्सेल डेमलपमेण्ट बैंकको लाभांश स्वीकृत

काठमाडौं । एक्सेल डेमलपमेण्ट बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ । 

बैंकले १७ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९० प्रतिशत नगद लाभांश प्रस्ताव सहितको गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत गराएको हो । 

राष्ट्र बैंकले फागुन २२ गते पत्राचार मार्फत वित्तीय विवरण सहित लाभांश स्वीकृत भएको जानकारी कम्पनीलाई गराएको थियो । 

कम्पनीको माग १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम रू. ६९ करोड २६ लाख ७३ हजार चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस