aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

यस बैंकको वित्तीय अवस्था खराब, ग्राहकमा अन्यौलता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ फागुन २०७६
यस बैंकको वित्तीय अवस्था खराब, ग्राहकमा अन्यौलता

भारत । भारतको मुम्बई क्षेत्रको लोकप्रिय ‘यस बैंक’का ग्राहकहरू एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न थालेका छन्। भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई)का कारण यस बैंकका ग्राहकहरू लामो लाइन बसेर पैसा निकाल्न बाध्य भएका हुन्। 

केन्द्रीय बैंकले यस बैंकबाट एक महिनासम्म सीमित रकम छिक्‍न पाउने आकस्मिक निर्णय गरेपछि यस बैंकका शाखामा ग्राहकहरूको लामो भीड लाग्‍न थालेको हो। 

यस बैंकका ग्राहक योगेश शर्माले मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइन बस्नु परेको गुनासो गरे। उनले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए।

मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ। एनईएफटी कारोबार पनि भइरहेको छैन’ उनले भने, ‘म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ।’ 

अर्का एक ग्राहकले यो व्यवस्था पीडादायी भए पनि आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको विचार व्यक्त गरे। उनले भने, ‘यो अति नै पिडादायी कुरा हो तर मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ। मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ ।’

भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो। यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन। यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए। कारोबार रोक्का  भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन। एजेन्सी 

प्रतिक्रिया दिनुहोस