
काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाका प्रमुख गौरब काफ्लेले कोरोना भाइरसबाट कसरी बच्ने भनेर धाडिङ स्थित जनजागरण माविका विद्यार्थी र अभिभावकलाई टिप्स दिएका छन् ।
उनले कोरोना भाइरसबाट बच्न मास्क लगाउने,सावुन पानीले हात धुने, हात नमिलाउने भिडभाडमा नजाने सुझाव दिएका छन । त्यस्तै नियमीत शारिरिक ब्यायाम गर्ने, भिटामीन सी पाउने अमला, कागती खाए कोरोना भाइरसबाट बच्न सकिने उनले बताए । त्यस्तै प्रत्येक आधा घन्टाको अन्तरमा पानी पिउने, बिहान बेलुका घ्यूको सेवन गर्ने, रुघा खोकी ज्वरो आएमा मनोबल नघटाई तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने उनको सुझाव छ ।
बैंकबाट जारी विज्ञप्तिका अनुसार बैंकले आफ्नो प्राङ्गणमा कक्षा १ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी र अभिभावकहरुलाई गल्छी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो । सो अवसरमा स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले समेत कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरुबारे जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस