
काठमाडौं । सिटिजन्स बैक लिमिटेडले म्युचुअल फन्ड २ जारी गरेको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई मध्ये १५ प्रतिशत कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशललाई राखेर बाँकी ८ करोड ५० लाख इकाईको सार्वजनिक निष्कासन गरिएको छ ।
यसको निम्ति यही जेठ ९ गतेदेखि आवेदन खुला हुने र छिटोमा १३ गते र ढिलोमा असार ८ गतेसम्मको लागि आवेदन खुला राखिने भएको छ । यो म्युचुअल फन्डमा आवदेन दिन १० रुपैयाँ दरका न्युनतम एक सय र अधिकतम २ करोड कित्तासम्म पाइने भएको छ ।
यसको कोष प्रवद्र्धन सिटिजन्स बैंक इन्टरनेसनल र योजना प्रवद्र्धक सीबीआईएल क्यापिटल लिमिटेड हो । यसको निष्कासन तथा बिक्री प्रवन्ध पनि सीबीआईएल क्यापिटल लिमिटेड हो ।
प्रतिक्रिया दिनुहोस