aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना भाइरसका कारण विश्व बैंक समूहका 'स्प्रिङ मिटिङ' भर्चुअल हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ फागुन २०७६
कोरोना भाइरसका कारण विश्व बैंक समूहका 'स्प्रिङ मिटिङ' भर्चुअल हुने

काठमाडाैं । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण विश्व बैंक समूहले बैठक भर्चुअल प्लेटफर्ममै गर्ने भएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्षको स्प्रिङ सिजनको मिटिङ भर्चुअल गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यका कोणबाट जोखिम देखिएको भन्दै दुई संस्थाले यो वर्षको स्प्रिङ मिटिङको फर्म्याट परिवर्तन गर्ने भएकाे हाे ।

विश्व बैंक समूहका सभापति डेभिड मल्पास र अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्ट्लिना जर्जिभाले सयुक्त विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका छन् ।

'हामी हाम्रा स्टेकहोल्डरबीचको वार्ता तथा छलफललाई लाभदायी बनाउन प्रतिबद्ध छौ । सूचना प्रविधिको अधिकतम क्षमता उपयोग गर्दै यो छलफल तथा वार्ता अघि बढ्ने छ। सँगै हाम्रा अध्ययन तथा विश्लेषण पनि सर्वमान्य फर्म्याटबाट सेयर गर्ने छौ' सयुक्त वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस