aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आइसीएफसी फाइनान्सको ऋणपत्र फागुन २७ सम्म विक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
आइसीएफसी फाइनान्सको ऋणपत्र फागुन २७ सम्म विक्री

काठमाडौं । फागुन १३ गतेदेखि विक्रीमा आएको आइसीएफसी फाइनान्स लिमिटेडको ऋणपत्रमा फागुन २७ सम्म आवेदन दिन सक्ने भएको छ । 

छिटो अवधिमा माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन २७ सम्म विक्री खुला गरेको हो । कम्पनीले १२ प्रतिशत ब्याजदरमा रू. २० करोड बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गरेकोे हो । 

कुल ऋणपत्रमध्य रू. १२ करोड बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बैंकले विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी रू. ८ करोड बराबरको ८० हजार कित्ता सर्वसाधारणका सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

२०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा ७६ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । यस ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ प्रदान गरेको छ । फाइनान्स कम्पनीहरुमध्य ऋणपत्र निष्कासन गर्ने हालसम्मकै पहिलो कम्पनीको रुपमा यो कम्पनी रहेको छ ।

यस पछि गुडवील फाइनान्सले जारी गर्नेछ । गुडवीलले पनि १२ प्रतिशत व्याजदरको २ लाख ५० हजार कित्ता ऋणपत्र फागुन २८ गतेदेखि जारी गर्नेछ । वाणिज्य बैंकहरुको तुलनामा बढी व्याजदर फाइनान्स कम्पनीहरुले तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस