aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलवार  मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयरमा मूल्य समायोजन गरेको छ । 

बोनस शेयरपछिको मूल्य  प्रतिकित्ता रू.३९१ दशमलव ४८ तोकेको छ । कम्पनीले यस वर्ष १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ९७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २७ गतेदेखि बुक क्लोज गरेको छ । 

फागुन २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र मितेरीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस