aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नेपाल एसबिआई बैंकको ऋणपत्रमा बुधवारसम्म आवेदन दिन पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
नेपाल एसबिआई बैंकको ऋणपत्रमा बुधवारसम्म आवेदन दिन पाइने

काठमाडौं । नेपाल एसबिआई बैंकले सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको ऋणपत्रमा बधबारसम्म आवेदन दिन पाइने छ । ऋणपत्र खरिद कर्ताहरुले वार्षिक १० प्रतिशत व्याजदर पाउनेछन् ।

माघ २८ गतेदेखि बिक्रीमा ल्याएको उक्त ऋणपत्र कुल २५ लाख कित्तामध्ये १५ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने जनाएको छ ।

उक्त ऋणपत्र विक्रीको छिटो अवधि फागुन २ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन २८ सम्म विक्री खुला भएको थियो । 

ऋणपत्र खरिद गर्न चाहनेहरुले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । प्रति ऋणपत्र रू. १००० रहेको छ । 
यो ऋणपत्र विक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस