aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिकबीच  बिशेष सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
नबिल बैंक र टेस्ला डाईगोनोस्टिक क्लिनिकबीच  बिशेष सम्झौता

काठमाडौं । टेस्ला डाईगोनोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक , कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् । 

बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु  श्रेष्ठ तथा नबिल बैंक तर्फ प्रमुख – कार्ड शाखा सनत पौडेलले हस्ताक्षर भएका हुन् । 

सम्झौतासँगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा  बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा  क्लिनिकले सहकार्य गर्ने भएको छ । 

बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्धेश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको जनाएको छ ।

नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस