aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सेञ्चुरी बैंकको नवौं वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ फागुन २०७६
सेञ्चुरी बैंकको नवौं वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नवौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । चावहिल स्थित ओम हस्पिटल तथा ताहाचल स्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरु समेतको सहभागी उक्त शिविरमा धेरै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो । 

बैंकका संचालक समितीका अध्यक्ष  राजेश कुमार श्रेष्ठले वार्षिक उत्सवको उपलक्ष्यमा महेन्द्र माध्यामिक विद्यालय हेलम्बु -६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेका छन । त्यसैगरी वार्षिक उत्सवको उपलक्ष्यमा बैंकले आवर चाल्ड केयर अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ । अन्य जानकारीका लागि बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।


 

प्रतिक्रिया दिनुहोस