
काठमाडौं । सनराइज बैंक र GME Remittance बीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र न्ःभ् च्झष्ततबलअभ का प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार सन्राइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सन्राइज रेमिट मार्पmत पठाएको रकमGME Remittanceका नेपाल भर रहेका ८००० भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्पmत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्ने बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस