aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कामना सेवाकोे “कामना सेवा रेमिट” सेवा आभारम्भ, ७ हजार ५ सय केन्द्रबाट भुक्तानी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
कामना सेवाकोे “कामना सेवा रेमिट” सेवा आभारम्भ, ७ हजार ५ सय केन्द्रबाट भुक्तानी हुने

कामना सेवा विकास बैंकले आफ्नै “कामना सेवा रेमिट” आरम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेको थियो । 

“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न वित्तीय सेवा प्रदान गर्दै आइरहेको उक्त बैंकले विविध विशेषताहरु सहित आफना सम्पूर्ण शाखा तथा देशभरका करिब ७ हजार ५ सय एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको जनाएको छ । 

समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै  भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । कामना सेवा रेमिटको प्रयोगबाट सम्पूर्ण ग्राहकहरुले सुरक्षित, भरपर्दो, सरल तथा सुलभ तवरले विप्रेषण सेवा लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस