
काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार आजबाट शुरु भएको छ । प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा एक भब्य कार्यक्रमका बीच बिहिवारबाट एकिकृत कारोबार शुभारम्भ भएकाे हाे ।
बैंकले जारी गरेको सूचनामा प्राइमले कैलाशलाई प्राप्ति (एक्विजिशन) गरेपछि फागुन २९ गते (आज)बाट प्राइम बैंकको नाममा एकिकृत कारोबार शुरु भएको हो ।
राष्ट्र बैंकको २०७६ फागुन १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको र फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत पाएको थियो ।
प्राप्ति (एक्विजिशन) पश्चात बैंकको रजिष्टार्ड केन्द्रीय कार्यालय प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा रहने भएको छ ।
प्रतिक्रिया दिनुहोस