aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना सार्वजनिक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ । 

यो योजनामा न्यूनतम मौज्दात ५ सयबाट सुरु गर्न सकिने बैंकले जनाएको छ । यस मुद्दती योजना अन्र्तगत ग्राहक महानुभावले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् साथै यस योजना अन्र्तगत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा जानकारी बैंकले जानकारी गराएकाे छ ।

बैंकले मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम मार्फत बैंकिङ सेवा दिँदै अाइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस