
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र अपि पावरको लाभांश सुरक्षित गर्ने फागुन २९ गते बिहिवार अन्तिम दिन रहेको छ ।
वोमी माइक्रोफाइनान्सको चैत ३० गते र अपि पावर कम्पनीको चैत १ गते लाभांश र साधारण सभा प्रयोजनका लागि बुक क्लोज भएकाले फागुन २९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
वोमी लघुवित्तले चैत १६ गते धुलिखेलमा साधारण सभा गर्नेछ । उक्त साधारण सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी अपि पावर कम्पनीले चैत ७ गते कार्की ब्याङ्क्वेट माईतिघरमा साधारण सभा आयोजना गर्दैछ ।
सभाले ५ प्रतिशत बोनस शेयर साथै हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ । हकप्रदको लागि भने कम्पनीले पछि बुक क्लोज गर्नेछ ।
प्रतिक्रिया दिनुहोस