aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शेयर कारोबारदेखि भुक्तानी प्रणाली सरल बनाउँदै एनसीएचएल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
शेयर कारोबारदेखि भुक्तानी प्रणाली सरल बनाउँदै एनसीएचएल

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले संचालनमा आएपछि भुक्तानी प्रणालीमा सहजता आएको छ । एनसीएचएलले शुरुवात गरेको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा हाल अधिकांश बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भइसकेका छन् । यसबाट कुनै पनि भुक्तानी गर्दा १०० रुपैयाँसम्म  पाइन्छ । 

जुनसुकै बैंक खाताबाट जुनसुकै बैकको अर्को खातामा कारोबार गर्न सकिने यो प्रणालीमा ग्राहक सहभागित बढाउन एनसिएचएलले स्किम ल्याएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान बताउँछन् । 

नयाँ प्रयोगकर्ताको युजरमा मोबाइल र इमेलआइडी ’भेरिफाइ’ गरेपछि उनीहरुले ३० रुपैयाँ पाउने छन् । त्यसपछि ग्राहकले आफ्नो खाता भएको बैंकमा कनेक्ट आइपिएस भेरिफाइ गरेपछि सोहि खातामा थप ७० रुपैयाँ पाउने छन् ।

हाल ४५ वटा शेयर ब्रोकर कम्पनी समेत एनसीएचएलमा आवद्ध भइसकेकाले अब शेयर बजारको कारोबारको भुक्तानी पनि सहज बनाएको कार्यकारी प्रमुख अधिकृत प्रधान बताउछन् । 

उनी भन्छन्, ‘हाल शेयर बजारको कारोबार गराउने ४५ वटासँग एनसीएचएलले सम्झौता गरिसकेको छ यी ब्रोकरबाट कारोबार गर्दा ५ सय रुपैयाँसम्म २ रुपैयाँ, ५ सयदेखि ५ हजार रुपैयाँसम्म ५ रुपैयाँ, ५ हजारदेखि ५० हजार रुपैयाँसम्म १० रुपैयाँ  त्यसभन्दा माथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्नेछ ।’

हाल शेयर कारोबारको भुक्तानी प्रणाली अनलाइन नभएकाले शेयर बजारका लागनीकर्ताहरुले झनझट बेहोरी रहेकाले यस्तो प्रणालीको विकास गरि उनीहरुको समयको बचत र भुक्तानीलाई सहजता दिने प्रयास गरिएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधान बताउँछन् । 

शेयर बजारलाई थप अनलाइन मैत्री बनाउनका लागि नेपाल स्टक एक्स्चञ्जले समेत  सहजता प्रदान गरेको छ । हाल तीन वटा बैंकसँग मात्र शेयर कारोबारको क्लियरिङ बैंक तोकेकाले अनलाइन भुक्तानीमा यी बैंक बाहेकमा खाता हुनेलाई एनसीएचएलले सुविधा दिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउछन् । 


 

प्रतिक्रिया दिनुहोस