aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

धितोपत्रको कारोबार अवधि पाँच घण्टा बनाउँदै नेप्से

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
धितोपत्रको कारोबार अवधि पाँच घण्टा बनाउँदै नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्रको कारोबार अवधि बढाउने तयारी गरेको छ । 

दिउँसो ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुँदै आइरहेको ४ घण्टा कारोबार अवधिलाई बढाएर ५ घण्टा बनाउने तयारी नेप्सेले गरेको हो । 

नेपाल धितोपत्र बोर्डमा फागुन २७ गते भएको धितोपत्र बजार सम्बद्ध निकायहरु विचको छलफलमा नेप्सेका प्रबन्धक चन्द्र सिंह साउदले आइतवारदेखिनै कारोबार अवधि बढाउने बताएको बोर्डका प्रबक्ता निरज गिरिले जानकारी दिए । 

नेप्सेले कारोबार अवधि बढाउने तयारीको जानकारी बोर्डलाई गराउनुपर्ने व्यवस्था भएपनि हालसम्म नगराएको प्रवक्ता गिरिले बताए ।

हाल विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुदै आएकोमा अव १० ः ३० देखि ३ ः ३० बजेसम्म कारोबार गराउने वातावरण नेप्सेले तयार गर्नेछ । 

नेप्सेले भने यो विषय सञ्चालक समितिबाट पारित गराउनुपर्ने भएकाले आइतवारनै नभएपनि जतिसक्दो छिटोनै लागू गर्ने बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस