काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले चैत ९ गते देखि ८ करोड इकाई निष्कासन गर्ने भएको छ ।
८ करोड इकाईमध्ये १ करोड २० लाख इकाई कोष प्रबर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्कासन गर्ने भएको हो । इकाई निष्कासन बन्द मिति छिटोमा चैत १३ र ढिलोमा चैत २३ गतेसम्म रहेको छ ।
आवेदकले न्यूनतम १०० इकाई र अधिकतममा ८० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यस योजनाले धितोपत्र बोर्डबाट सञ्चालन तथा विवरण पुस्तिका स्वीकृति फागुन २० गते पाएको हो ।
प्रतिक्रिया दिनुहोस