
काठमाडौं । करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’ को काम गर्न लगाउने बैंकलाई राष्ट्रको लगाम लगाएको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै अब बैंकहरूले करारमा कर्मचारी राखेर ‘कोर बैकिङ’को काम लगाउन नपाउने व्यवस्था गरेको हो । करारमा राखिएका कर्मचारीलाई कोर बैंकिङको काम गर्न लगाउँदा बैकिङ प्रणालीमा जोखिम बढेको निष्कर्ष सहित राष्ट्र बैंकले कर्मचारी सेवा विनियमावली लागू गरेको हो ।
बैंकहरूले बैंकको प्रमुख कार्यहरू सम्पादन गर्ने गरी करार/ ज्यालादारी वा आकस्मिक रोेजगारीमा लगाउन नपाइने व्यवस्था गरेको छ । तर, कुनै खास काम वा सेवा किटान गरी सो सम्पन्न गर्नका लागि करार र ज्यालादारी वा आकस्मिक कर्मचारी नियुक्ति गर्न सकिने भने सकिने छ । यस्ता कर्मचारीले बैंकको सिस्टम खोल्न र बन्द गर्न वा सिस्टमभित्र प्रवेश गर्न भने पाउने छैनन् । कोर बैंकिङ बाहेकका काममा भने बैंकहरुले करारमा कर्मचारी राख्न पाउने छन् ।
हाल बैकिङ क्षेत्रमा करिब ४० हजार स्थायी कर्मचारी छन् भने आउट सोर्स र करार कर्मचारी गरि करिब २० हजार पुग्ने नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘हामी बैंकले निश्चित काम गर्नको लागि छोटो समयावधिका लागि लिएको कर्मचारीलाई मात्र करार मान्ने गरेको छौं,’ उनले भने ‘सेक्युरिटी गार्ड र ड्राइभरलाई हामी करार कर्मचारी मान्दैनौं । किनकी उहाँहरू अन्य ठाउँमा स्थायी हुुनुहुन्छ । यस्ता कर्मचारी हामी अन्य कम्पनीबाट लिने गरेका छौं ।
यद्यपि बैंकहरूले प्राविधिक, कन्सल्ट्यान्ट, कार्यालय सहयोगी, प्लम्बरलगायतका कर्मचारी भने राख्न पाउने छन् ।
कर्मचारी विनियमावली अनुसार बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीलाई व्यवस्थापकीय, अधिकृत, सहायक र सहयोगी गरी ४ श्रेणीमा वर्गीकरण गरिएको छ । साथै विनियमावलीले कर्मचारीको उमेर हद पनि तोकेको छ । कुनै पनि बैंकको व्यवस्थापक हुनको लागि २१ वर्ष पुरा भएको हुनुपर्छ भने अधिकृतको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्छ भने सहायक श्रेणी १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । सहयोगी कर्मचारीको उमेर हद भने पदपूर्ति समितिले निर्धारण गर्न सक्नेछ । कर्मचारीको परिक्षणकाल भने ६ महिनामात्र राख्न सकिने छ ।
तलव, भत्ता तथा सुविधा
प्रत्येक नयाँ आर्थिक वर्ष शुरुसँगै बैक तथा वित्तीय संस्थाका कर्मचारीको तलव, भत्ता वा सुविधा पाउने छन् । एक वर्ष पूरा गरेका कर्मचारीले ग्रेडका आधारमा तलवमान वृद्धि गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस