aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

देवः विकास बैंकले लाभांश प्रस्ताव गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
देवः विकास बैंकले लाभांश प्रस्ताव गर्यो

काठमाडौं । देवः विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई यस वर्ष शेयरधनीलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निणर्य गरेको हो ।  बैंकले शेयरधनीहरूलाई ८ दशमलव ५५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् । 

बोनस शेयरको कर भने शेयरधनीहरुलेनै बुझाउनुपर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १७ करोड ७१ लाख रहेको छ । 

८ दशमलव ५५ प्रतिशत बोनस वितरण पश्चात उक्त पूँजी रू. ३ अर्ब १७ करोड ९८ लाख १६ हजार पुग्नेछ ।  

प्रतिक्रिया दिनुहोस