aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिनु भयो ? आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिनु भयो ? आज अन्तिम दिन

काठमाडौं । गुडविल फाइनान्सको ऋणपत्रमा आवेदन दिने आइतवार(आज) अन्तिम दिन रहेको छ । 

कम्पनीले १२ प्रतिशत ब्याजदरको २५ करोड बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र फागुन २२ गतेदेखि निष्कासन गरेको थियो ।  

फागुन २८ गतेदेखि विक्रीमा आएको उक्त ऋणपत्रमध्ये रू. १५ करोड बराबरको १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रू. १ करोड बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । 

२०८३ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । 

उक्त ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल डबल बि ’ रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस