
काठमाडौं । लामो समय बैंकिङ क्षेत्रमा कार्यरत बैंकर कृष्ण सुवेदी माछापुच्छ्रे बैंकबाट नविल बैंक जाने भएका छन् ।
गत शुक्रबार सुवेदीको राजीनामा स्वीकृत भइसकेको छ । माछापुच्छ्रेमा उनले लियविलिटी म्यानेजरको रुपमा मार्केटिङ विभाग हेर्दै आइरहेका थिए ।
माछापुच्छ्रे बैंकमा म्यानेजरको भूमिका निर्वाह गरेका सुवेदी नविल बैंकमा पनि म्यानेजर पदमै मार्केटिङ हेर्ने जिम्मेवारीका साथ जाने लागेका हुन् ।
झन्डै दुई दशक बैंकिङ तथा कर्पोरेट क्षेत्रमा काम गर्दै आएका कृष्ण सुवेदी नबिल बैंक लिमिटेडको प्रबन्धक (म्यानेजर) मा नियुक्त भएका छन् ।
र्केटिङ क्षेत्रमा अनुभव संगालेका सुवेदेसँग १८ वर्षको अनुभव सहित विगत १० वर्षदेखी बैंकिङ क्षेत्रमा काम गरिरहेका छन् ।
८ वर्ष (बाेटलर्स नेपाल) कोकाकोला कम्पनीको मार्केटिङ गरेको सुवेदी एनएमबि बैंकमासमेत काम गरेका थिए ।
दायित्व व्यवस्थापन , जनसम्पर्क, बजार विस्तार तथा व्यवस्थापन, बाह्य मामिला व्यवस्थापन, सञ्चार सम्बन्ध, अन्तर्राष्ट्रिय बैंकिङ लगायत अनुभवका आधारमा उनलाई उक्त जिम्मेवारीमा ल्याइएको हो ।
एनएमबीको सेवाबाट बाहिरिनुअघि सुवेदी उपप्रबन्धकको जिम्मेवारीमा थिए । त्यहाँ उनले प्रमुख संस्थागत बैंकिङ, बाह्य मामिला र सञ्चार सम्बन्धको दायित्व निर्वाह गरेका थिए ।
सन् २००० मा सुवेदीले जागिरको पहिलो खुड्किलो टेकेका थिए, होटेल चितवन केथ्मान प्रालिबाट । त्यतिबेला उनी विद्यार्थी जीवनमै थिए । त्यहाँबाट बोटलर्स नेपालमा फड्को मारेका उनले त्यहाँ ८ वर्ष विभिन्न जिम्मेवारी सम्हाले । बजार विस्तार तथा व्यवस्थापन, जनसम्पर्क लगायत क्षेत्रमा उनी विशेष दख्खल राख्छन् ।
होटेल, बहुर्राष्ट्रिय कम्पनी तथा बैंकिङ क्षेत्रमा झन्डै २० वर्षको अनुभव बटुलेका सुवेदीले निजी क्षेत्र र सरकारी संस्थाबीच समन्वय कायम गरेर काम गर्दै आएका छन् । अन्तर्राष्ट्रिय बैंकिङ, अन्तर बैंकिङ व्यवस्था र प्रणाली सुधारमा पनि उनको उतिकै अनुभव छ ।
प्रतिक्रिया दिनुहोस