aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कृषि विकास बैंकको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
कृषि विकास बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा  आइतवार कृषि विकास बैंकको बोनस शेयर सूचीकृत  भएको छ । 

यस बर्ष बैंकले ६ प्रतिशत बोनस शेयर दिएको छ । बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश समेत गरी २४ प्रतिशत नगद लाभांश समेत बैंकले दिएको छ । 

कृषि विकास बैंकको साधारण सभाबाट पारित ५४ लाख ९ हजार ३१७  दशमलव ३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

सूचीकृत  शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात दोश्रोबजारमा कारोबार गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस