aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

डेटम  सिस्टम र सहकारीबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
डेटम  सिस्टम र सहकारीबीच सम्झौता

काठमाडौं । डेटम  सिस्टम प्राइभेट लिमिटेड र सहकारी सम्बन्धी सम्झौता भएको छ । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागी गर्नुपर्ने ग्राहकको पहिचान, अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमा जोखिम निर्धारण गर्न सम्झौता गरेको हो । 

यसबाट संस्थाले गर्नुपर्ने ग्राहकको पेशा, स्थान, व्यवशाय को प्रकृति, सहकारीवाट  प्रदान गरिएको सेवा र डेलिभरि  च्यानेल समेतको आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणका जोखिम निर्धारण गरि न्युनिकरण गर्न सरल हुनेछ।  ट्रस्टएमलबाट सो संस्थाले  वित्तिय जानकारी इकाईमा पठाउनु पर्ने शंकास्पद कारोबार र अन्य सबै प्रतिबेदन इलेक्ट्रोनिक माध्यमवाट पठाउन सक्नेछ।

सो समझदारीपत्रमा  डेटम  सिस्टमस् प्राइभेट लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हेमन्त चौलागाई ले हस्ताक्षर गर्नु भएको छ।  सोहि अवसरमा डेटम  सिस्टम प्राइभेट लिमिटेड का प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम कम गर्न जनसचेतन बचत तथा ऋण सहकारी संस्था क कर्मचारी लाई तालिम समेत प्रदान गरिने बताए । 

उक्त अवसर मा इन्फोडेभलपर का प्रमुख कार्यकारी अधिकृत उमेस रघुबंसी ले संस्थाको बैंकिंग  प्रणाली संग ट्रस्टएमल इन्टीग्रेशन गरिसकिएको जानकारी दिए । संस्था का प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले संस्थाले ट्रस्टएमल प्रयोग गरि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जोखिम कम गर्न सम्पूर्ण सहकारी संस्थाहरु मध्येवाट अग्रता लिने बताए । 

प्रतिक्रिया दिनुहोस