
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फागुन २० गतेदेखि विक्रीमा ल्याएको ऋणपत्र खरिद गर्ने मंगलवार अन्तिम दिन रहेको छ ।
बैंकले रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । १० दशमलव २५ प्रतिशत ब्याजदरको कुल ऋणपत्रमध्य रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरिएको हो भने बाँकी रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।
सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको छ । २०८६ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा ९ लाख ७० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
प्रति ऋणपत्रमूल्य रू. १००० तोकिएको छ । विक्री प्रबन्धक नेपाल ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनलका शाखा कार्यालयहरु तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल ट्रिपलबि प्लस’ रेटिङ प्रदान गरेको छ । बैंकले धितोपत्र बोर्डसँग माघ २१ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको ऋणपत्रमा छिटोमा फागुन २३ गते तथा ढिलोमा चैत ४ गतेसम्म आबेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस