aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सेञ्चुरी बैंकका ग्राहकले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
सेञ्चुरी बैंकका ग्राहकले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएको हो । 

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रबन्धक कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस