aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनबी बैंकको ऋणपत्र निष्कासन, ८ लाख कित्ताको लागि आवेदन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
एनबी बैंकको ऋणपत्र निष्कासन,  ८ लाख कित्ताको लागि आवेदन माग

काठमाडौं । नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र जारी गरेको छ । यो बैंकले न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिने गरी सर्वसाधारणबाट ऋणपत्रको निम्ति आवदेन माग गरेको हो ।

यो बैंककले प्रति कित्ता एक हजार रुपैयाँका दरले १० वर्षे अवधिका लागि १०.२५ प्रतिशत व्याजदरमा ऋणपपत्र जारी गरेको हो । यसले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता मध्ये ८ लाख डिवेन्चरले हुन आउने कुल ८० करोड रुपेयाँ पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी सर्वसाधारणबाट आवदेन माग गरेको छ ।

यो बैंकले यही जेठ १० गतेदेखि ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । यसको निष्कासन मिति छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेसम्म हुने पनि यसको निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस