aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कृषि विकास बैंकले माईतिघर मण्डला संरक्षण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
कृषि विकास बैंकले माईतिघर मण्डला संरक्षण गर्ने

काठमाडौं । कृषि विकास बैंक र  काठमाडौ महानगरपालिका विच माईतिघर मण्डला सुधारका लागि सम्झौता भएको छ । बैंकका बैंकका का.मु.उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

 सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्र्दयीकरण गर्ने कार्य बैंकले गर्ने सम्झौतामा उल्लेख भएको बैंकले जनाएको छ । सम्भौता अवधी ५ वर्षको हुनेछ ,यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो । 
 

प्रतिक्रिया दिनुहोस