
काठमाडौं । कृषि विकास बैंक र काठमाडौ महानगरपालिका विच माईतिघर मण्डला सुधारका लागि सम्झौता भएको छ । बैंकका बैंकका कामु उपमहाप्रबन्धक ध्रुवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्र्दयीकरण गर्ने कार्य बैंकले गर्ने छ ।
सम्भौता अवधी ५ वर्षको हुनेछ ,यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस