aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागरिक लघुवित्तको ५९ लाख नोक्सान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ जेठ २०७६
नागरिक लघुवित्तको ५९ लाख नोक्सान

नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा ५९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहिअवधिमा पनि ११ लाख रुपैयाँ नोक्सानमा नै रहेको थियो ।

७ करोड रुपैयाँ चुक्ता पुँजी भएको नागरिकले जगेडाकोषमा ३१ लाख रुपैयाँ नेगेटिभमा राखेको छ ।  

जसले निक्षेपमा १ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ९३ गुणाले वृद्धि गरी १६ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । 

नागरिक लघुवित्तको खुद ब्याज आम्दानी १० गुणाले बढेर ३६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले प्रोभिजनमा २० लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ५ लाख रुपैयाँ उठाएको छ ।

नागरिक लघुवित्तको जोखिम युक्त सम्पत्ति ३२ दशमलव ८३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस