aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एक्सेल डेभलपमेण्टको लाभांश बिहीबारसम्मका शेयरधनीहरुले मात्र पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
एक्सेल डेभलपमेण्टको लाभांश बिहीबारसम्मका शेयरधनीहरुले मात्र पाउने

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको प्रस्तावित १८ प्रतिशत लाभांश चैत ६ गते बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । यस वर्ष कम्पनीले १७ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 उक्त प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा बोलाएको यस कम्पनीले सभा र लाभांश प्रयोजनका लागि चैत ७ गतेदेखि बुक क्लोज गर्दैछ । यस आधारमा पनि चैत ६ गतेसम्मका शेयरधनीहरुलाई मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य ठानिएको हो । 

हाल कम्पनीको चुक्तापूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । यस कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको आधारमा ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

यस अघि हाल कायम चुक्तापूँजीको आधारमा ५५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनीले सो हकप्रद जारी हुन बाँकी रहेकाले यस वर्षको बोनस पछि कायम चुक्तापूँजीको आधारमा हकप्रद जारी गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस