aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समृद्धि फाइनान्सद्धारा दुई सय प्रतिशत हकप्रद निष्कासन गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
समृद्धि फाइनान्सद्धारा दुई सय प्रतिशत हकप्रद निष्कासन गर्न माग

काठमाडौं । समृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले  ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको हकप्रद विक्री गर्न अनुमति माग्दै फागुन २३ गते निवेदन दर्ता गराएको हो । 

यो हकप्रद विक्री प्रबन्धकको जिम्मेवारी बिओके क्यापिटल मार्केटले पूरा गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी  १८ करोड १९ लाख ८० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । वार्षिक प्रतिशेयर आम्दानी  ९ दशमलव ६६रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ४९ दशमलव ६३ रुपैयाँ  छ ।

 चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनी ८७ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको छ । कम्पनीको जगेडा कोषमा २२ करोड ९८ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस